स्थानिय तहमा शान्तिसुरक्षा अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

२०८१ आश्विन ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, ८ असोज । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका सभा हलमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा मंगलबार शान्ति सुरक्षा अपराध नियन्त्रण र सेवा प्रबाह सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्र जि अ दीपक पौडेलले स्थानीय तहमा शान्ति सुरक्षा अपराध नियन्त्रण र सेवा प्रवाहको प्रमुख जिम्मेवारी प्रमुख जिल्ला अधिकारी रहेको जानकारी गराउनुभयो। उहाले स्थानिय तहसँग समन्वय गरि सुसासन कायम राखी अघि बढ्ने भुमिका जिल्ला प्रशासनको रहन्छ भन्दै भूमिकामा आफ्नो जिम्मेवारी लिएर अघि बढ्न हरदम तयार रहेको जानकारी गराउनुभयो। सुरक्षा तथा सेवाको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित निकायका ६ जनाको समितिले सान्ति सुरक्षाको लागि योजना अनुसार अहोरात्र खटिएको हुन्छ भन्ने जानकारी  गराउनुभयो।

उहाले कार्यक्रम बोल्दै प्रशासनले सेवा प्रधान गर्ने विषयको बारेमा शीर्षक अनुसार कुन विषयको लागि के के कागजात आवश्यक पर्दछ भन्ने विषयको बारेमा स्पष्ट सङ्ग जानकारी गराउनुभएको थियो। नागरिकता बनाउँदा आवश्यक पर्ने कागजात त्यसै गरी राहदानी बनाउँदा आवश्यक कागजात जस्तै विभिन्न विषयमा आवश्यक कागजात को बारेमा जानकारी गराउनुभएको थियो। त्यसै गरी विपद् व्यवस्थापन सम्बन्धी लगायत जिल्ला बाट आवश्यक विविध सेवा प्रक्रियाको लागि जिल्ला प्रशासन कार्यालय तयार रहेको जानकारी गराउँदै आफ्नो कामको विषयमा मध्यनजर गर्दै आवश्यक कागजात लिएर नागरिक सहभागी भएमा सहज हुने जानकारी गराउनु भयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक शालिग्राम शर्मा पौडेलले सुरक्षित तवरमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो। विशेष गरेर रोजगारको सिलसिलामा विदेश जाने महिलाहरु घरेलु हिंसा, यौन शोषण काम बढी गराउने यातना दिने वस्तुको रुपमा प्रयोग गरिदा धेरै समस्या भएको जानकारी गराउँदै यसबाट सुरक्षित रहनको लागि कुनै प्रलोभनमा परेर विदेशिनु भन्दा सुरक्षित तवरबाट प्रक्रियागत रुपमा रहेर श्रम स्वीकृति लिएर अघि बढ्दा समस्या नहुने जानकारी गराउनुभयो। उहाले बोल्दै विविध किसिमको यातना सामाजिक सञ्जालको प्रयोग, देखासिकी प्रविर्ती बाट प्रभावित भई समाजमा आत्महत्याको घटना बढेको जानकारी गराउदै समाजमा टोल टोलमा भएका अनैतिक गतिविधि रोक्न लागूपदार्थ दुव्र्यसन निरुत्साहित गर्न नैतिक शिक्षा, घर परिवार साथी संगत के कस्तो छ भन्ने विषयमा ध्यान दिँदै घर परिवार अघि बढ्नुपर्छ भन्दै समाजमा विविध विकास संस्था मार्फत कामको प्रकृतिको आधारमा असार र प्रभावको बारेमा जानकारी गराउँदै राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने गर्दा पनि अलग किसिमको प्रेरणा उत्पन्न हुन्छ भन्दै अनैतिक गतिविधि रोक्न संस्था घर परिवार समाज अघि बढ्नु आवश्यक रहन्छ भन्ने जानकारी गराउनुभयो। त्यसैगरि सुरक्षा निकाय पनि अग्रसर रहेको जानकारी गराउँदै यसबाट सजग रहन सचेतनाको कार्यक्रम अघि बढाउन तत्पर रहेको र गलत प्रविर्ती बढेमा प्रहरीलाई खवर गर्न आग्रह गर्नुभयो।

कार्यक्रम स्याङ्जा जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला प्रशासन कार्यालय नायब सुब्बा राम प्रसाद पौडेलले गर्नुभएको थियो। कार्यक्रममा आँधीखोला वडा नम्बर २ का वडा अध्यक्ष कमल पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा पालिकाका स्थानीय स्तरमा रहेका विविध व्यक्तित्वहरू जनप्रतिनिधिहरु लगायत पत्रकारको सहभागिता रहेको थियो भने कार्यक्रम को बारेमा जिल्ला प्रशासन कार्यालय सहायक प्र जि अ दीपक पौडेलले जानकारी गर्नुभएको थियो ।

प्रमुख अतिथि आँधीखोला गाउँ पालिका प्रमुख विश्वनाथ पौडेलले कार्यक्रममा अन्तर्क्रियाबाट प्रशासन सम्बन्धी धेरै जानकारी भएको बताउँदै पालिकाले नागरिकलाई सहज बनाउनको लागि आवश्यक कागजातको लागि जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दै समय समयमा जिल्ला प्रशासन कार्यालयले सचेतना सहजता सम्बन्धी कार्यक्रम पालिकामा राखेर नागरिकलाई आवश्यक शिक्षा दिन अनुरोध गर्नुभएको थियो। उहाले टोल टोलमा रहेका आमा समुह युवा समुहलाई पनि सचेतना सम्बन्धी कार्यक्रम राखेर सचेतना फैलाउने कार्यक्रम गर्दा सहज हुने बताउँदै समाजमा भएका विचलन बेथिति अन्त्य भई सान्ति सुरक्षाको लागि सबै जना अग्रसर रहन सक्ने आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका अध्यक्ष जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अन्तरक्रियात्मक कार्यक्रममा रहेका नागरिकका जिज्ञासाका बारेमा सम्बोधन गर्दै समाज सुधारको लागि समाजमा सकारात्मक प्रबाह गर्नको लागि आफूहरु सदा लागिपरेको बताउँदै समाजमा हुने घरेलु हिंसा , लागू पदार्थ दुव्र्यसन, सचेतनामुलक कार्यक्रम, सुरक्षाको लागि प्रहरी गस्ती कानुनी प्रक्रिया मा अघि बढाउन जस्ता विविध विषय माथि प्रशासनले गर्ने सक्ने उपाय वैकल्पिक बाटोको बारेमा जानकारी गराउँदै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय