चट्याङ लागेर एकको मृत्यु

२०८१ आश्विन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर,९ असोज  मोरङको मिक्लाजुङमा चट्याङले लागेर मंगलबार राति एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा झापाको दमक नगरपालिका–४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयाे । घर बनाउने मिस्त्री रहेका मोते मिक्लाजुङ गाउँपालिका–३ तेह्रथुमे टोल बस्ने र नातामा सोल्टी पर्ने भक्तबहादुर नेपालीको घरमा आउनुभएकाे थियाे ।

नेपालीको घर बनाउन आएका उनको चट्याङले लागेर ज्यान गएको प्रहरीले जनाएको छ । नेपालीको घरको भान्सा कोठाअगाडि उभिएको अवस्थामा राति १० बजेतिर परेको चट्याङले लागेर मोते बेहोस भइ ढलेको डीएसपी बस्नेत बताउँछन् ।

घाइते अवस्थाका मोतेलाई उपचारका लागि दमक अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय