राजविराज ,११ असाेज । कोसी व्यारेजको ढोका नम्बर ३५ र ३६ का बीचबाट कोसी नदीमा खसेको बस शुक्रबार दिउँसो निकालिएको छ ।
विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पुलको पर्खाल भत्काउँदा कोसीमा खसेको थियो ।
बसमा सवार यात्रु र चालक तथा सहचालक गरी १६ जनाको स्थानीय बासिन्दाहरु र सुरक्षाकर्मीले उद्दार गरेका थिए ।