दरबारमार्गको मूल सडकमै रुख ढल्यो

२०८१ आश्विन ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,११ असोज ।  दुई दिनदेखिको बर्षातका कारण दरबारमार्गमा रुख ढलेको छ ।

 वर्षापछि भारी भ‌एर रुख हावा चल्दा ढलेको  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले बताउनुभयाे ।

उक्त रुखलाई ट्राफिक प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरीले काटेर हटाएका छन् ।

रुख ढले पनि सवारी साधन र मानिस कसैलाई क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय