प्रहरीले सहयोग नगरेको भन्ने होइन ।’ एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित नहुने उनले बताए ।
काठमाडौं,१५ असोज। गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा आठ टोली बनाएर बाढीले क्षतिग्रस्त बनाएको ८ जिल्लामा पठाएको जानकारी गराएका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा बाढी, पहिलोले पुर्याएको क्षति र सरकारको कार्यबारे जानकारी गराउने क्रममा लेखकले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको बताए ।
पिडितका लागि तत्काल अस्थायी आवास र केही समयपछि स्थायी आवास बनाउने व्यवस्था सरकारले गर्ने जानकारी लेखकले गराए। क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि काम अगाडि बढेका तथा राहत र घाइतेको उपचारबारे कांग्रेस सांसदलाई जानकारी गराएका थिए ।
गृहमन्त्री लेखकले सरकारको आलोचना भएको नख्खुको घटना बारे पनि जानकारी गराएका थिए । ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाको हेलिकप्टर उडाउन भिजिविलिटी भएन,’ लेखकले भने,‘एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो ।’