बालबालिकालाई जबरजस्ति बेश्याबृत्तिमा लगाइ फरार गेष्टहाउसका सञ्चालक एक बर्षपछि पक्राउ

२०८१ कार्तिक २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२ कार्तिक । बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका मालिक पक्राउ परेका छन् ।

निमा गेस्ट हाउसका सञ्चालक सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । २९ वर्षीय तामाङविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसयता उनी फरार थिए ।

गेस्ट हाउस सरसफाइको काममा राखिएकी बालिकालाई वेश्यावृत्तिमा लगाएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय