माओवादीसहितका विपक्षी दलले आज राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै

२०८१ कार्तिक ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,७ कात्तिक। सरकारका कामकारबाहीबाट असन्तुष्ट नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको समेत ध्यानाकर्षण गराउने भएका छन् । राष्ट्रपतिलाई ध्यानाकर्षण गराउन आज अपराह्न चार बजे शीतल निवासमा जाने तयारी छ ।

यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

‘आज विपक्षी दलका नेताहरुसहित राष्ट्रपतिलाई भेट्न चार बजे शीतल निवास जाने तयारी छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले भन्यो ।

प्रचण्डले आज बिहान पार्टी निकट बुद्धिजीवी संगठनका नेताहरुसँगको भेटमा पनि राष्ट्रपतिलाई भेट्न जाने जानकारी गराएका थिए । सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताएका थिए ।

बुद्धिजीवी संगठनका नेताहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको आरोप लगाएका थिए ।

अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय