टोकियोमा हुन लागेको नेपाल फेस्टिबलको तयारी तिब्र

२०८१ कार्तिक ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लक्ष्मण पाठक
जापान,११ कार्तिक । आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन टोकियोमा हुन लागेको १४ औं नेपाल फेस्टिबल २०२४ को तयारी तीव्र पारिएको छ। एनआरएनए जापान, जापानस्थित नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा नेपाल र नेपाली पहिचान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो फेस्टिबल आयोजना गरिएको आयोजकले जनाएको छ ।

फेस्टिबलको लागि स्टल बुकिङ, आर्थिक संकलन, स्वयंसेवक आवेदन र प्रतिभा प्रदर्शनका लागि सार्वजनिक सूचना जारी गरिएको छ । यस वर्ष स्टल र कार्यक्रम स्थल थप फराकिलो बनाइएको छ भने नेपाल सरकार र नेपाल पर्यटन बोर्डको सहकार्यमा डकुमेन्ट्री तथा फोटो प्रदर्शन पनि गरिने प्रवक्ता खगराज गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय