हामीलाई तर्साउन र धम्क्याउन खोज्छन्, प्रतिरोधका लागि तयार रहनू : सुमना श्रेष्ठ

२०८१ कार्तिक १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सुमना श्रेष्ठले आन्दोनलाई कमजोर बनाउन सरकारले तर्साउन र धम्क्याउन सक्ने भन्दै त्यसको प्रतिवाद गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ ।

रास्वपाकी सहमहामन्त्री समेत रहेकी श्रेष्ठले बालुवाटामा जारी प्रदर्शनलाई सम्बोधन गर्दै विरोधका कार्यक्रम जारी राख्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘हामीलाई अब दबाउन, थर्काउन खोज्छन्, हामीलाई कमजोर बनाउने प्रयास गर्छन् । त्यसका लागि देश परिवर्तन गर्न हिँडेका हामीले दु:ख दिनेहरूको प्रतिकार गर्ने आँट गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार