पूूर्व सांसद देखि बर्तमान सांसद हरिवोधनी एकादशीकाे दिन उत्तरवाहिनीमा

२०८१ कार्तिक २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी
स्याङजा ,२८ कार्तिक ।  स्याङजा र पाल्पाको संगम स्थलको रुपमा रहेको धार्मीक क्षेत्र उत्तरवाहिनिमा पूर्व सांसद देखि बर्तमान सांसदहरुको उपस्थिती रहेको छ । धार्मीक क्षेत्र उत्तरवाहिनि धाममा संचालनमा रहेको मातापिता पुजन एवम् दामोदर महोत्सव सफल पार्नका लागी उहाहरुकोे उपस्थिती रहेको हो ।

कालीगण्डकीको महिमा हराउदै गइरहेको अबस्थामा स्याङजाको पबित्र नदिको रुपमा रहेको कालिगण्डकी नदि त्यसैमा उत्तर फर्केर बगेको तपोभुमी स्याङजा र पाल्पाको संगम स्थलको रुपमा बिकास भइरहेको उत्तरवाहिनि क्षेत्रमा मातापिता पुजन कार्यक्रम सफल भए समग्र जिल्ला नै सफल हुने भएकाले साथ सहयोग रहेको गण्डकी प्रदेशका पुर्व सांसद भागवत प्रकाश मल्लले बताउनुभयो ।

पछिल्लो छोराछोरीले मातापिताको संस्कार, संस्कृति भुल्दै गएका छन् । परम्परागत मातापिताको संस्कारलाई संरक्षण गर्ने उद्देश्यले स्याङजाको गल्याङ नगरपालीका १ मालुङ्गगा उत्तरवाहिनी धाममा मातापिता पूजन एवम् दामोदर महोत्सव सञ्चालन गरिएको छ । सबै प्रश्नहरुको उत्तर पाउने ठाउँ उत्तरवाहिनी धाम पछिल्लो समय धामको रुपमा स्थापित गर्न लागिएको हो । दामोदर मास रहेको यस अवसरमा फरक अभियानसगैँ जन्मदिने मातापिता भगवान समान रहेकोले उनीहरुको उच्च सम्मान गर्नुपर्नेमा पछिल्लो समय भुल्दै गएको अवस्थालाई स्मरण गर्नका लागि दामोदर अनुष्ठानको कार्यक्रम सञ्चालन गरीएकाले उत्तरवाहिनी क्षेत्र धार्मीक रुपमा बिकास हुदै गईरहेकाले यसलाई अझ फरक ढंगले अगाढी बढाउन समय मिलाएर सबै एकपटक उत्तरवाहिनी आउन उहाले आग्रह गर्नुभयो ।

काात्तिक ९ गतेवाट कात्तिक ३० गतेसम्म सन्चालन हुने मातापिता पुजन एवम् दामोदर महोत्सवमा  हरिवोधनी एकादशीको अबसरमा मंगलवार गण्डकी प्रदेशका पुर्व सांसद भागवत प्रकाश मल्ल,बर्तमान गण्डकी प्रदेश सांसद महेश भट्टराई लगाएत स्थानीय तहका प्रमुख ,उपप्रमुख,वडा अध्यक्ष लगाएको बाक्लो उपस्थीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय