काठमाडौ,३० कार्तिक । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना, कार्यालय बाट रु.२०,०००।–(बीस हजार रुपैयाँ) घुस सहित पक्राउ परेका स्याङ्जाकाे वालिङ् न.पा. – २ का बासुदेव रेग्मीलाइ बिशेष अदालतले दोषी ठहर गरेकाे छ ।
उक्त कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीले सेवाग्राहीको सवारी चालक अनुमतिपत्रमा वर्ग B थप गर्नकाे लागि सेवाग्राहीसँग रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस लिएकाे अाराेप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१।०४।३१ गते बिशेष अदालत मुद्दा दायर गरेकाे थियाे । उक्त मुद्दाकाे फैसला गर्दै बिशेष अदालतले रेग्मी लाइ दोषी ठहर गरेके हाे ।
न्यायाधीश तेजनारायण सिंह राई,रितेन्द्र थापा र मुरारीबाबु श्रेष्ठको सयुक्त इजलासले रेग्मीलाई बिहिवार दोषी ठहर गरेको हो । दोषी ठहर भएका रेग्मीलाई बिस हजार बिगो जरिवाना सहित एक महिना कैद हुने फैसला भएको भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।