काठमाडौं, ५ मंसिर । सस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।
हवाई भाडावृद्धि नियन्त्रणबारे बुधबार मन्त्रालयमा बोलाएको सरोकारवालासंगको छलफलका क्रममा मन्त्री पाण्डेले वायु सेवा कम्पनीहरुलाई उच्चतमूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिनु भएको हो । यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हाडा नियन्त्रणका लागि पाँच बुँदे सहमती गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गर्नुभयो ।
उहाले हवाई भाडाबृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउदै उहाँले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गर्नुभयो । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलेसमेत अचाक्ली हवाईभाडा लिएकोप्रति सचेत गराउनुभयो । पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडाबृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी दिनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाईभाडा नियन्त्रण सम्बन्धी पाँच बुदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृतिम अभाव देखाउदैँ कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गर्नुभयो ।
छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएपछि मन्त्री पाण्डेले पुनः सरोकारवाला निकायलाई बोलाएर नै छलफल गर्नुभएको हो । छलफलमा नेपालमा सेवा दिदैँ आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।