गरिमा बैंकको १८ औं वार्षिकोत्सबमामा बुटवलबाट ८४ पिन्ट रगत संकलन

२०८१ मंसिर ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बुटवल,७ मंसिर । स्थापनाको १७ औं बर्ष पुरागरी १८ औं बर्षमा प्रवेश गरेको अवसर गरिमा विकास बैंकले आज देशभर विभिन्न कार्यक्रम गरि मनाउदैछ ।

त्यसै अन्तर्गत शुक्रबार देशका विभिन्न स्थानमा रक्तदान गरेको बैंकले बुटवल बाट ८४ पिन्ट रगत संकलन गरेको छ । बुटवल उपमहानगरपालिकामा रहेको बैंकको बुटवल शाखामा रक्तदानमा ८४ पिन्ट रगत संकलन भएको गरिमा विकास बैंक बुटवल क्षेत्रीय कार्यालय प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने सहितको उपस्थितमा उक्त रक्तदान कार्यक्रम गरिएको थियो ।

२०६४ सालमा स्याङ्जाको वालिङ् बाट १० जना कर्मचारी सहित स्थापना भएको बैंक संग हाल १ हजार ६४ कर्मचारी रहेका छन् । २ करोड ६४ लाख चुक्ता पुजि सहित कारोबार सुरु गरेको बैंकको आज ५ अर्ब ७८ करोड चुक्ता पुजि रहेको छ ।

३७ जिल्लामा १ सय २३ शाखा कार्यालय र एक्यटेन्सन काउन्टर सहित सेवा प्रवाह गरेको बैंकले ८ लाख ६५ हजारलाई सेवा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय