स्याङ्जा,१० मंसिर । करिब एक बर्ष देखि अध्यक्ष बिहिन बनेको धितोपत्र बोर्डले आज सोमबार देखि अध्यक्ष पाएको छ । स्याङ्जा जिल्ला वालिङ् नगरपालिकामा जन्मेका सन्तोष नारायण श्रेष्ठलाइ आज बसेको मन्त्री परिषदको बैठकले अध्यक्षमा नियुक्ति गरेको हो ।
बुवा टोप नारायण श्रेष्ठका दुई छोरा मध्य कान्छा छोरा श्रेष्ठले धितोपत्र क्षेत्रको सुधार र पारदर्शिताका लागि योगदान पुर्याउँदै आउनु भएको थियाे ।
उहाँ यसअघि नेपाल एक्सप्रेस फाइनान्समा समेत काम गर्नुभएको थियो । अध्यक्ष छनोट प्रक्रियामा केही विवाद उत्पन्न भए पनि अन्ततः श्रेष्ठ अध्यक्ष भन्नु भएको हो । उहाँ नेपालको धितोपत्र क्षेत्रमा सक्रिय पेशेवर हुनुहुन्थ्यो ।
धितोपत्र बोर्डको अध्यक्ष पद लामो समय खाली रहँदा नियामक काम प्रभावित भएको थियो।