मनले आटेको गर्न नसकिने भन्ने हुुदैन

२०८१ मंसिर ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

यो संसारमा मानिसले गर्न नसक्ने भनेको केहि हुदैन आट् हुनुपर्छ, जति नै कठिन काम किन नहोस आफ्नो मन मस्तिष्कबाट म यो काम गर्छु भनेर लाग्ने हिम्मत हुन्छ भने जे पनि गर्न सकिन्छ । यसको एउटा जलन्त उदाहरण स्याङजाको फेदिखोलामा बस्दै आउनुभएकी कमला पराजुली लाई लिन सकिन्छ । आधुनिक संगै अहिलेको २१ औ शताप्दीमा सबै आ–आफ्नो सुख सुबिधाको पछी लाग्दै गर्दा उहाँ एक फरक ढंगले समाजमा परिचित बन्दै जानु भएको छ ।

बि.सं २०४१ साल पुष ६ गते बुवा डण्डपाणी पराजुली र आमा मुरली पराजुलीको कोखबाट धर्तिमा उदाएकी पराजुली अन्य ब्यक्ति जस्तै साधारण परिवारमा प्यारी छोरीको रुपमा हुर्कनु भयो । पराजुली परिवार छोटो रहेको थियो । पराजुली परिवार चार दिदि बहिनि र एक भाई आमा बुबा गरी ७ जना सिमित खर्चले जसोतसो जिवन निर्वाह भईरहेको थियो ।

पराजुली सानै उमेरदेखि चन्चले र पढाईमा अत्यान्त रुचि राख्ने खालकी हुनुहुन्थ्यो । घर नजिकैको गाउँको विद्यालयबाट कक्षा १२ उतिर्ण गर्दै उच्च शिक्षा हासिल गर्न र आमा बुबाको सपना साकार पार्ने भन्दै उद्देश्यको झोला बोकेर काठमाडौँ छिर्नुभयो । काठमाण्डौ पुगेपछी पराजुली धेरै क्याम्पसहरु बुझेर पृथ्वी नारायणमा भर्ना भई अध्ययन सुरु गर्नुभयो । अध्ययन गदै गर्दा पराजुुलि डिग्री सम्म अध्ययन गर्ने सो अवसर मिल्यो । सोहि क्रममा क्याम्पसवाट खाजा खान बाहिर निस्कदा राजमार्ग,सडक,गल्ली छेउछाउमा साना साना बालबालिका झुत्रा लुगा,नाकमा सिघान लिएर एक छाक टार्न अथवा थोरै भएपनी शरीरको भोक मेटाउन एक / दुई रुपैया माग्दै हिडेको देख्दा पराजुलीको मनमा अचम्म लाग्थ्यो कि कसरी मान्छे यो अबस्थामा सडकामा आउछ भनेर ? आस्चर्य लागेर एकदीन पराजुलीले एउटा नानीलाई आफु नजिक बोलाई किन यसरी माग्दै हिडेको भनेर सोध्दा थाहा भयो कि उनीहरु साहारा बिहिन बनेका रहेछन । कसैको साथ नभएपछी खान,लाउन माग्नु पर्छ । त्यो सुनेपछि पराजुलीको मनमा धेरै कुराहरु निस्कियाे जबकी म त्यो अबस्थामा भएको भएपनी अबस्था यस्तै हुन्थ्यो भनेर त्यसपछी उहाको मनमा बौद्धिक बिचार आयो कि अनाथ, अभिभावक विहिन बन्न हुुदैन । यीनिहरुको साहारा बिहिनको अभिभावक अब म बन्छु भनेर । परिवार भन्दा ठुलो पैसालाई ठुलो मान्ने समयमा सम्पुर्ण सुख सुविधालाई छोडेर अव बालवालिका सडकमा होईन सडकमुक्त हुनुपर्छ भन्दै स्याङजालाई सडक बालबालिका मुक्त बनाउनु पर्छ भनेर २०६८ साल चैत महिनाको पहिलो दिन “अमोर सेवा नेपाल” नामक संस्था दर्ता गरी बालगृहले स्याङ्जा सहित पर्वत,गुल्मी, बाग्लुङ, म्याग्दी,तनहुँ देखि कास्की सम्मका बालबालिका सञ्चालनमा ल्याउनु भयो ।

अहिले यस संस्थामा साहारा बिहिन बालबालिकाको आमाको भुमिका पराजुलीले निवार्ह गर्दै आउनु भएको छ । बालगृहमा हाल २ देखी १८ वर्षको उमेर भित्रका ३८ बालबालिका रहेका छन् । बालगृह ५० जना बालबालिका राख्न सकिने छ । पछिल्लो समय युवा पुस्ता बैदेशिक रोजगारीका लागी बिदेश जादा बालवालीका मात्र होईन गाँउमा बृद्ध आमा बुवाहरु समेत साहारा बिहिन बन्ने अबस्था आईसकेको छ । यसको रोकथामका लागी सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ ।
जसरी एक महिलाले गरेको परिकल्पना साकार बन्दै जादा सडकमा एक छाक टार्नका लागी भौतारीएका वालवालिका साहारा पाएर उज्वल भबिस्यको खोजी गर्ने अबसर पाएका छन त्यसैगरी सबै क्षेत्रवाट यस्ता कुराहरुको ध्यान दिन सक्ने हो भने मनले आटेको कुरा सम्ंभव नहुने भन्ने नै हुदैन ।

 

निशा बस्याल

गल्याङ नगरपालिका ३ ,स्याङजा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय