भवानी अधिकारी
स्याङ्जा १५ मंसिर । स्याङ्जा सदरमुकाममा गण्डकी प्रदेश स्तरीय सातौ औद्योगिक पर्यटन तथा व्यापार मेला एवं स्याङ्जा महोत्सव गरिने भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजनामा फागुन ६ देखि १८ गतेसम्म स्याङ्जा महोत्सव २०८१ गर्ने गरी निर्णय भएको हो । प्रदेश स्तरीय औधोगिक पर्यटन तथा कृषि ब्यापार मेलाका बारेमा यही मंसिर ३० गते पत्रकार सम्मेलन गरि जानकारी गराईने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका महासचिव रविन केसीले जानकारी दिनुभयाे ।
महोत्सव पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदान सञ्चालन गरिने भएको छ । ‘कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री राखिने भएको छ । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकार सहितका स्टल रहनेछ ।
महोत्सवको आकर्षणमा बालबालिका जेष्ठ नागरिक तथा युवा बर्गको मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रम सहित खेलहरु राखिने भएकाे छ । यसैक्रममा दैनिकजसो राष्ट्रिय कलाकार तथा स्थानीयका बिबिध प्रस्तुती तथा प्रतिभा प्रर्दशन सहित सांस्कृतिक कार्यक्रम पनि संचालन गरिने संघका अध्यक्ष महादेव श्रेष्ठले बताउनुभयाे ।