विरुवामा मोटरेवल पुलको सार्वजनिक सुनुवाई तथा शिलान्यास

२०८१ मंसिर १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, १५ मंसिर । स्याङ्जा जिल्ला विरुवा गाउँपालिकाको वडा नम्बर १ राक्से घाटको बास्तारा खोलामा मोटरेवल पुलको सार्वजिक सुनुवाई एबम् सिलान्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश केसीको प्रमुख आतिथ्यतामा समुदघाटन कार्यक्रम सम्पन्न भएको हो। उहाले कार्यक्रममा बोल्दै देशको लागि विकास गर्ने र निकास दिने पार्टी कांग्रेस र एमाले नै हो। सबै जना मिलेर विकास तथा निर्माणका कार्यमा अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।

कार्यक्रम विरुवा गाउँपालिका अध्यक्ष सुर्य कुँवरको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश लेखा समिति सभापति माननीय सुधीर पौडेल,माननीय कल्पना तिवारी र सुनिता सुन्दास लगायत स्याङ्जा जिल्ला समन्वय समितिका अध्यक्ष श्री प्रसाद जि टी, नेपाली कांग्रेस महासमिति सदस्य डोल बहादुर खडका, विरुवा गाउँपालिका पार्टी प्रतिनिधि प्रकाश थापा, डोल राज पोखरेल, वडा अध्यक्ष, आमा समुह, युवा क्लब लगायत सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरुले विकास र निर्माणको काम सबै मिलेर गर्नुपर्ने र काम गर्दा सहजता आवश्यकता हेरेर मिलाएर अघि बढ्नुपर्ने आ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। त्यसै गरी कार्यक्रमको समापन गाउँपालिका अध्यक्ष कुवरले मोटरेवल पुलको आवश्यकता रहेको र योजनामा पहल गर्ने र योजना स्वीकृत गर्ने सम्पूर्ण प्रति आभार प्रकट गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय