पूजा खड्का
स्याङ्जा, १५ मंसिर । स्याङ्जा जिल्ला भिरकोट नगरपालिका वडा नंम्वर ३ को बानेथोक देउरालीको भतेर पाटा एतिहासिक स्थल देउपुजे ढुङ्गामा बालाचतुर्दशीको दिन शतबीज छर्नेकाे घुइँचाे लागेको छ। बालाचतुर्दशीको दिन शतबीज छर्न नेता देखि जनमानसकाे घुइँचाे लागेको हो ।
कार्यक्रम गण्डकी प्रदेशका पूर्व मन्त्री मेंखलाल श्रेष्ठ शतबीज छर्न पुग्नुभएकाे थियाे । कार्यक्रममा बोल्दै उहाले एतिहासिक स्थल देउपूजे ढुङ्गामा सदाका वर्षमा जस्तै यसपाली पनि शतबीज छर्ने कार्यक्रम गरी गलतका बिरुद्द पश्चाताप स्वरुप र पितृ मोक्ष प्राप्तिको लागि मार्गदर्शक बनेकोमा कालिका युथ क्लब र देऊपुजे ढुङ्गा मन्दिर व्यवस्थापनलाई विशेष धन्यवाद दिनुभयो। त्यसै गरी उहाले मानवले अन्जानमा र कहिले काही जानाजान पनि गलत गर्ने गर्छ जानाजान गलत गर्नु राम्रो होइन भन्दै अन्जान मा गलत गर्दा माफी हुने जनाउँदै समय सन्दर्भमा पश्चाताप गर्ने हुँदा पश्चाताप को अनुष्ठान स्वरुप बालाचतुर्दशीमा मोक्ष प्राप्ति होस् भन्दै शतबीज छर्ने हिन्दू परम्परा रहेको जानकारी गराउनुभयो।
उहाले कालिका युथ क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उदघाटन गर्दै खेलले मान्छे चिनाउन र शरीर तन्दुरुस्त राख्न ठाउँको नाम पहिचान गराउन सहज हुन्छ भन्दै खेलप्रेमी सम्पूर्ण लाई अनुशासित रहेर खेल खेल्न र उदाहरणीय रहेर कार्य गर्न सुझाब दिनुभयो। पूर्ब मन्त्री श्रेष्ठले कार्यक्रममा बोल्दै बयर घारी विरुवा ग्रामीण सडक स्तरोन्नतिको लागि कार्य गरिरहेको र टेण्डर को समस्या ले केही समय काम गर्न नसकेको बताउँदै आफूहरुले पहल गर्ने र कार्यलाई पूर्णता दिएर अघि बढ्ने प्रतिबद्धता गर्नुभयो । उहाले भिरकोट को विविध क्षेत्रमा विविध कार्यक्रम मा निर्माण कार्यमा सक्रिय रुपमा काम गर्दै आएको र आउँदो दिनमा पनि अझ सक्रिय भएर अघि बढ्ने जानकारी गराउनुभयो।
कार्यक्रम कालिका युथ क्लबका अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षतामा सुरुवात भएको थियो। कार्यक्रम सञ्चालन केशरजंग अधिकारीले गर्नुभएको उक्त कार्यक्रममा भिरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्य , भिरकोट प्रवक्ता वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र केसी, भिरकोट वडा नम्बर ३ का अध्यक्ष केशर बहादुर खड्का, भिरकोट वडा नम्बर ८ का वडाध्यक्ष नन्दलाल खनाल, नेपाली कांग्रेस क्षेत्र नम्बर १ क का प्रदेश उपसभापति कुल बहादुर गुरुङ्ग ,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुनिल चापागाईं, बयर घारी पिस युथ क्लबका अध्यक्ष सागर थापा विविध पार्टीका व्यक्तित्वहरू स्थानिय क्लब आमा समुह र शतबीज छर्ने विविध स्थानिय व्यक्तित्वहरू लगायत सर्वसाधारणको बाक्लो सहभागीता रहेको थियो।
कार्यक्रममा वक्ताहरुले कालिका युथ क्लबलाई शुभकामना र शतबीजको बारेमा मोक्ष प्राप्तिको दिन बालाचतुर्दशीको बारेमा जानकारी गराउँदै स्थानियले विकासको आवश्यकता रहेको र जनप्रतिनिधिहरुले प्राप्त भएको विविध परिस्थितिले गर्दा निर्माणमा समस्या हुँदै गर्दा पनि कार्य गरिरहेको बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा विविध किसिमको बीउको समिश्रणमा बाजा गाजा सहित शतबीज छर्ने कार्यक्रम सम्पन्न भएको थियो। देउपूँजे ढुङ्गा देखि कालिका मन्दिर सम्मको क्षेत्रमा शतबीज छर्दै मन्दिर परिक्रमा गरेर रमाइलो गरिएको उक्त कार्यक्रममा भक्तजनहरुले फलफूल प्रसाद चढाएर शतबीज छर्दै रमाइलो गरिएको थियो। त्यहा रुद्री लगाएर भजन कृतन सहित दर्शक भक्तजनहरुले रमाइलो गरिरहेको र कार्यक्रम भब्य रुपमा अघि बढिरहेको भिरकोट प्रवक्ता वडा नम्बर १ का अध्यक्ष दिपेन्द्र केसीले जानकारी गराउनु भयो।