काठमाडौं,१६ मंसिर । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिकाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।
मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार गंगा तामाङ विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेस्रो भएका छन् । रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत ल्याएका छन् ।