कीर्तिपुरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

२०८१ मंसिर १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१७ मंसिर। राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसकाे जित भएको छ ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी हुनुभएकाे हाे । भर्खरै मात्रै कीर्तिपुरको मतगणना सकिएको हो ।

निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा भने गर्न बाँकी छ ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार