काठमाडौं –१६ मा रास्वपाको वडाध्यक्षमा रोजिना निर्वाचित

२०८१ मंसिर १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं  , १७ मङ्सिर।   काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित हुनुभएकाे छ।

१० हजार ५५८ मध्ये  २ हजार ९०२ मत पाउँदै उहाँ विजयी हुनुभयाे । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गर्नुभयाे ।  तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गर्नुभयाे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का  श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १ हजार ८२ मत पाएका छन् ।   ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो । अहिले भने रास्वपाको उदय भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार