काठमाण्डौ ,१८ मंसिर । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाण्डौबाट चितवन पुर्याएको छ । सहकारी ठगीमा मुछिएर अनुसन्धानका क्रममा रहेका उनलाई आज बयानका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । लामिछानेलाई हवाईजहाजमार्फत चितवन लगिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा लामिछाने, जीबी राई, र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलाएको छ ।
कात्तिक २ गते प्रहरीले पक्राउ गरेका लामिछानेलाई अहिलेसम्म अदालतबाट ५ पटक म्याद थपेर अनुसन्धान भइरहेको छ ।