काठमाडौं,२० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नभएको प्रष्ट पार्नुभएकाे छ ।
चीन भ्रमणबाट फर्किएपश्चात विमानस्थलमा पत्रकार सम्मेलनमा कुरा गर्दै उहाँले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताउनुभयाे ।
प्रधानमन्त्रीले भन्नुभयाे, ‘ऋणको विषयमा कुनै छलफल भएन । अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौ । ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन ।’
उहाँले भन्नुभयाे, ‘दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन । भारतका लिडरहरुले यस्तो गरेको थाहा छैन ।’