डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसंग बक्यौता असुल गरेरै छाड्छाै : अर्थमन्त्री पौडेल

२०८१ मंसिर २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२० मंसिर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसंग बक्यौता असुल गरेरै छाड्ने बताउनुभएको छ ।

बुटवलमा बिहीबार आयोजित नेपाल बिधुत प्राधिकरण कर्मचारी युनियनको ११ औं केन्द्रिय सभालाई सम्बोधन गर्दै पौडेलले बिद्युत महसुल बिलको आधारमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसंग बक्यौता असुल गरेरै छाड्ने बताउनुभएको हो । बिद्युत प्राधिकरणले पनि उद्योगीहरुले उपयोग गरेको विद्युतको बिल उपलव्ध गराउन सक्नुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै उहाले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद छिटै समाधान हुने धारणा पनि राख्नुभयो । पौडेलले सरकारलाई नटेर्ने र चूनौति दिन खोज्ने प्रवृति उचित नभएको भन्दै यस्ता प्रवृति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको उल्लेख गर्नुभयो ।

उहाले विद्युत प्रधिकरण आफै सबल र सक्षम नहुदा सम्म काम गर्ने कर्मचारीहरु सबल हुन नसक्ने पनि बताउनुभयो । पौडेलले कर्मचारीहरुको ५२ महिना देखि रोकिएको बिमा र सेवा सुबिधाका बारेमा सरकारले छलफलबाट समाधान निकाल्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय