नेकपा एसको बैठक: आज बोलेर सकिने, कार्यविभाजन भोलि

२०८१ मंसिर ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३० मंसिर । नेकपा एसको स्थायी कमिटी बैठकमा आज पदाधिकारी तथा सदस्यहरुको बोल्ने क्रम सकिने र बाँकी कार्यसूचीमा भोलि प्रवेश गरिने भएको छ ।

महासचिव घनश्याम भुसालले बताएअनुसार आज साँझ ५ बजेसम्म बैठक जारी हुनेछ । ‘बोल्ने क्रम सकिएपछि अरु काम भोलि गर्छौं’, उनले भने ।

भोलिको बैठकमा कार्ययोजना तथा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन पहिलो सूचीमा राखिने भुसालले बताए ।

त्यसबाहेक आन्दोलनसम्बन्धी एजेण्डामा छलफल गर्न बाँकी छ । भोलिकै बैठकमा विधान संशोधनको काम पनि सकिने भुसालले बताए ।

बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय