आर्थिक अपराधको कारणले अन्य अपराधका घटना बढे

२०८१ पुष ३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ पुस । नेपाल प्रहरीले आर्थिक अपराधको कारणले अन्य अपराधका घटनामा वृद्धि भएको जनाएको छ ।

बुधबार आर्थिक वर्ष २०८१/०८२ को गत ४ महिनाको अवधिमा भएका प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै नेपाल प्रहरीले प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रुपमा रहेको र आर्थिक अपराधको कारणले अन्य अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको जनाएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको बताउनुभयो ।

उहाले चालू आर्थिक बर्षको पछिल्लो चार महिनामा देशभर १९ हजार ४९८ वटा मुद्दा दर्ता भएको र धेरैको संख्यामा आर्थिक अपराधका मुद्दाहरु रहेको बताउनुभयो ।

त्यस्तै बलात्कारका कसुरका मुद्दाहरुको संख्या पनि धेरै नै रहेको अधिकारीले जानकारी दिनुभयो । सोही अवधिमा १२ वटा रेड कर्नर नोटिस जारी भएको उहाले बताउनुभयो ।

प्रवक्ता अधिकारीले प्रहरी कर्मचारीहरु विरूद्ध पर्ने उजुरीलाई कसूरको गम्भीरताको आधारमा विभागीय कारवाहीको दायरामा ल्याउने काम समेत भइरहेको बताउनुभयो ।

सो क्रममा उहाँले मानवस्रोत विकास तथा स्रोतसाधन व्यवस्थापनतर्फ प्रहरीको इकाईगत संख्या, भर्ना छनौट सम्बन्धी हाल सम्मको गतिविधि, भौतिक संरचनाहरूको संख्यात्मक विवरण लगाएतका बिषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार