ह्याम्स अस्पतालले गर्‍यो घाउ नबनाइ खाना नलीमा भएको रोगको सफल शल्यक्रिया

२०८१ पुष ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ७ पुस । काठमाडौंको ह्याम्स अस्पतालले घाउ नबनाइन इण्डोस्कोपीद्वारा गरिने प्रविधिबाट खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालमा पहिलो पटक उक्त प्रविधिबाट तीन जना बिरामीको घाउ नबनाइन खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको हो । विश्वभरीमा करिव १ लाख मध्ये १ जनालाई ठोस तथा तरल पदार्थ निल्नै गाह््रो हुने समस्या देखिने गरेको अस्पतालले जनाएको छ । यसअघि उक्त रोगको उपचार शल्यक्रियाबाट मात्रै हुने गरेकोमा अव भने घाउ नबनाइन उपचार गर्न सम्भव भएको अस्पतालका मेडिकल निर्देशक डा सविन कोइरालाले जानकारी दिनुभयो ।

खानाको नलीमा हुने रोगका कारण तौल घट्ने, खोकी लागिरहने लगाएका बिभिन्न शारिरीक तथा मानसिक समस्या समेत हुने गरेको चिकित्सकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय