पूजा खड्का
स्याङ्जा, १० पुस । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ को बिर्घा मिर्मी पक्की भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्ला गढीमाई ११ बस्ने वर्ष अन्दाजी २२ का सब्दुल अन्सारी लाइ ट्याक्टरले च्यापेको अवस्थामा रहेकोमा उद्धार पश्चात उपचारको लागि कालीगण्डकी अस्पताल मिर्मी पठाइएको र डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो। आलम बाट बिर्घा तर्फ जादै गरेको लु. ४ त. ७८३९ ट्रली नभएको सिरक डसना बनाउने मेसिन जोडेको ट्याक्टर अनियन्त्रित भई सडक देखि अन्दाजी ४९ मीटर तल खसेकाे सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो।
घाइते अन्तर्गत बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नंवर १० बस्ने २४ वर्षका अर्जुन शाह र बारा जिल्ला गढीमाई नगरपालिका वडा नमाने ११ बस्ने वर्ष २६ का सलाम मुदिन अन्सारी जसको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । कालीगण्डकी अस्पताल मिर्मी स्याङ्जामा उपचार पश्चात थप उपचारको लागि ८:३० मा लुम्बिनी मेडिकल कलेज प्रभास अस्पतालमा थप उपचारको लागि रिफर गरिएको प्रहरी स्रोतले जनाएको छ । त्यसैगरी ट्याक्टरमा सवार गढीमाई ११ बस्ने वर्ष १४ का सिकिन्दर यादव सकुशल रहेको प्रहरी स्रोतले जनाएको छ । थप विवरण आउन बाकी छ।