च्यासलमा तीन घण्टादेखि एमाले सचिवालय बैठक जारी

२०८१ पुष १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० पुस । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक तीन घण्टादेखि जारी छ ।

पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने बताइएको छ । पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी छ ।

त्यस्तै पार्टी केन्द्रीय सङ्गठन विभागले सङ्गठन विस्तारबारे गरेको संकल्पका बारेमा ठोस कार्यक्रम बनाउने एमालेले जनाएको छ । यसबाहेक बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाहीबारे समेत समीक्षा भएको बुझिएको छ । यसअघिको सचिवालय बैठकमा सरकारका कामकारबाही प्रभावकारी बनाउन पार्टीमा छलफल हुनुपर्ने आवाज उठेको थियो । तर उक्त बैठकमा समयअभाव भन्दै अध्यक्ष ओलीले अर्को बैठकमा समीक्षा गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय