रौतहटमा आगलागी हुँदा २० घर जले

२०८१ पुष १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १५ पुस । रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा आगलागी हँुदा २० भन्दा बढि फुसको घर जलेको छ ।

स्थानिय बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर लागेको आगोले अन्य घरमा समेत क्षति पुराएको हो ।

आगलागी भएको खवर पाउन साथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुण यन्त्र घटना स्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरेको छ ।

घरमा राती सुतेको बेलामा आगोलागि भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ । आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपड़ा , अन्न लगायत जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय