लोकसेवा आयोगको प्रस्ताव- निजामती सेवामा एउटा आधिकारिक ट्रेड युनियन राखे हुन्छ

२०८१ पुष १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १९ पुस । लोकसेवा आयोगले निजामती सेवामा एउटा आधिकारिक ट्रेड युनियन राख्दा हुने प्रस्ताव राखेको छ ।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव राखेका हुन् ।

आयोगको तर्फबाट समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथि सुझाव राख्ने क्रममा अध्यक्ष रेग्मीले एउटा आधिकारिक ट्रेड युनियन राख्दा हुने बताएका हुन ।

‘एक मात्र आधिकारिक ट्रेड युनियनमा केन्द्रित गरिनुपर्छ,’ अध्यक्ष रेग्मीको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार