पुरानो भिडियो भाइरल गरेर अफवाह नफैलाउन उपसभापति गुरुङको आग्रह

२०८१ पुष २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२५ पौष । नेपाली काङ्ग्रेसका उपसभापति प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री धनराज गुरुङले पुरानो भिडियो क्लिप सामाजिक संजालमा हालेर अफवाह फैलाउन खोजिएको भन्दै सचेत आग्रह गर्नुभएको छ ।

पुर्व मन्त्री गुरुङले आफ्नै सामाजिक संजाल मार्फत पुरानो भिडियो सेयर गरेर अफवाह फैलाउन खोजिएको प्रति ध्यानाकर्षण गर्नुभएकाे हाे  । उहाँले लेख्नु भएको छ ”  पतित राजनीति भन्दा माथि उठ्ने कि !

झण्डै ६ वर्ष पहिले तत्कालीन नेकपाको सरकार बिरुद्ध तत्कालीन प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको आन्दोलनको मेरो भाषणको भिडियो क्लिप हाल सामाजिक संजालमा प्रचार गरेर Provoke गर्ने कार्य खेद जनक छ। वैचारिक रुपमा प्रतिस्पर्धा गरौं। पतित राजनीति भन्दा माथि उठौं। “

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय