श्री कल्याण बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा

२०८१ पुष २७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 

स्याङ्जा, २७ पुस । श्री कल्याण बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले संस्थाको आगामी वर्षका कार्ययोजना र लक्ष्यहरू निर्धारण गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गल्याङ नगरपालिका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सहकारी क्षेत्रले स्थानीय स्तरमा आर्थिक समृद्धि र स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष दर्वेन्द्रदेव खनालले गत वर्षको प्रगतिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले १५५ लाभांश शेयर सदस्यलाई वितरण गरेको जानकारी गराउनुभयो । सचिव छविलाल भट्टराईले आगामी वर्ष बचत, ऋण लगानी र सामाजिक उत्तरदायित्व कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन नयाँ योजनाहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि गल्याङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं।(३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले सहकारी सुदृढीकरण र स्थानीय स्वरोजगार विकासमा सहकारीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा वडा नं। (९ का वडा अध्यक्ष नामदेव खनाल, गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराई, भूपू सैनिक आवासीय माविका प्रिन्सिपल राजेन्द्रदेव खनाल लगायतले बोल्नुभएको थियो ।

त्यसैगरी सहभागी शेयर सदस्यहरूले सहकारीको सेवा र कार्यप्रति सन्तोष व्यक्त गर्दै थप सुधारका लागि सुझाव पनि दिएका थिए । त्यसैगरी निर्वाचन मण्डलका संयोजक सुर्य प्रसाद भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ ।

अध्यक्षमा दर्वेन्द्र देव खनाल, उपाध्यक्ष लिला बल्लभ भट्टराई, सचिव छविलाल भट्टराई, कोषाध्यक्ष मञ्जु भुषाल, सहकोषाध्यक्ष बुद्धिसागर भट्टराई र सदस्यमा रोशन कुमार पाण्डे, राज भट्टराई, मिलन भट्टराई, नेत्र अर्याल, लिला बल्लभ भट्टराई, मनोज भट्टराई, युवराज भट्टराई र रामकृष्ण भट्टराई रहनुभएको छ ।

त्यसैगरी लेखा समितिमा संयोजक श्रीयादव भट्टराई र सदस्यमा चिन्तामणि अर्याल र कमल भुषाल चयन हुनुभएको छ । उक्त कार्यक्रमको सञ्चालन सचिव छविलाल भट्टराईले गर्नुभएको थियो । साधारण सभाले सहकारीको दीर्घकालीन सफलता र सामाजिक उत्तरदायित्वलाई थप प्रगाढ बनाउने संकल्प गर्दै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेको संस्थापक अध्यक्ष दर्वेन्द्रदेव खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय