स्याङ्जा, ४ माघ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. -०२ घ्याङ्सिंङडाँडामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार अंन्दाजि १२;०० बजेको सम्यमा रुखबाट लडेर एक जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा गल्याङ नगरपालिका २ घ्याङ्सिंङडाँडा बस्ने ६१ वर्षीय पोविसरा थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयाे ।
सूचना अधिकारी श्रेष्ठका अनुसार थापा आफ्नै बारीमा रहेको गिधरीको रुखमा घाँस काट्ने क्रममा खसेर घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि गल्याङ नगर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।