नेपालले पहिलो खेल यू-१९ महिला विश्वकप बंगलादेशसँग खेल्दै

२०८१ माघ ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,५ माघ । आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशले सहभागिता छन् ।

अहिले अष्ट्रेलिया र स्कटल्याण्ड तथा इङ्ल्याण्ड र आयरल्यान्ड भिडिरहेका छन् ।  विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दै छ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ ।

नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ । गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार