काठमाडौं ,६ माघ। नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिन खोजेको आशय व्यक्त गर्नुभएकाे छ । गतराति उहाँले आधिकारिक फेसबुक पेजमार्फत यस्तो सन्देश दिनुभएकाे हाे।
उहाँले क्रिकेटबाट सन्न्यास लिएको भनेर नखुलाए पनि आशयचाहिँ त्यस्तै लाग्नेखालको छ । सो पोस्टमा उहाँले सबैलाई धन्यवाद दिनुभएकाे छ। उहाँका शुभचिन्तकले पनि उक्त पोस्टमा निवृत्त जीवन सफल रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभएकाे छ ।