महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु

२०८१ माघ १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुर,१९ माघ । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटनामा परेको छ । शनिबार महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

सबै जना जनकपुरधामकै रहेको बताइएको छ । शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।

बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई ५ पटक सडकमा पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय