काठमाडौं, २३ माघ । काठमाडौंको बागबजारस्थीत पद्मकन्या बहुमुखी क्याम्पस अगाडी ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ ।
क्याम्पसमा पठनपाठन गर्ने विद्यार्थीहरु र अन्य पैदल यात्रुलाई अब बाटो काट्न सहज होस भनेर ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम जडान गरिएको काठमाडौं महानगरपालीकाले जनाएको छ ।
पैदलयात्रीले बटन थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने छ ।
एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् । लाइट जडान गरेपछि महानगरले त्यसको प्रयोगका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको थियो ।
काठमाडौं महानगरले हालसम्म ३५ भन्दा बढि स्थानमा पोलिकन क्रसिङ लाइट सिस्टम जडान गरिएको जनाएको छ ।