ललितपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ

२०८१ माघ २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २७ माघ । ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ । अपहरणको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरण भएको प्रहरी स्रोतले बताएको छ । राति ८ बजेर २० मिनेट जाँदा ती बालकलाई हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

ती बालकलाई भियतनामी नागरिक मि हाङ किन्हालुनले अपहरण गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।

अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो । अपहरण गरेको आरोपमा २३ वर्षीय भियतनामी नागरिक पक्राउ परेका छन् ।

घटनाबारे पत्रकार सम्मलेन गरेर जानकारी गराउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय