ट्याक्टर बाट खसेर पाल्पामा एकको मृत्यु

२०८१ माघ ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,३० माघ । ट्याक्टरको बाट खसेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा रामपुर न.पा.१ बर्दाकोट बस्ने बर्ष १५ को नारायण सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

माघ २८ गते करिब ३ बजे रामपुर न.पा.३ निस्दि खोला स्थित रजगरा कृतिपुर भित्री कच्चि सडक खण्डमा निस्दि खोलादेखि कृतिपुर तर्फ आउँदै गरेको लु ४ त ५२७१ नम्बरको ढु‌ङ्गा लोड गरेको ट्याक्टरको ट्रलीबाट खसेर घाइते भएका सारुको उपचारका क्रममा काठमाडौमा अाज निधन भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको, उक्त सवारी दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय