निजामती सेवामा तहमा जाने निर्णयबाट समिति पछि हट्यो, सरकारको अडानपछि श्रेणी र तह दुवै

२०८१ फाल्गुन २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २ फागुन । निजामती सेवाका कर्मचारीलाई तहगत प्रणालीमा जाने निर्णयबाट संसदीय समिति पछि हटेको छ । प्रतिनिधि सभाको बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तहगत प्रणालीमा जाने निर्णय भएकोमा सरकारले श्रेणी र तह दुवै प्रणालीमा जानुपर्ने संवैधानिक बाध्यता रहेको भन्दै अडान लिएपछि समिति तहगत प्रणालीमा जान समितिको निर्णयबाट पछि हटेको हो ।

बिहीबारको बैठकमा तहगत प्रणालीमा जाने निष्कर्षमा पुगिएको भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणीन्द्र गौतमले संविधानको धारा नै उल्लेख गरेर संविधानमै श्रेणीगत व्यवस्था राखिएको भन्दै श्रेणी हटाउन नमिल्ने दाबी गरे ।

त्यसपछि समितिका सदस्यबीच एक छिन छलफल गरेर तहगत प्रणालीमा मात्रै जान संवैधानिक व्यवस्थाले नमिल्ने भएपछि श्रेणीगत र तहगत गरेर दुवै प्रणाली विधेयकमा राख्ने सहमतिमा पुगेका समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

नेपाली काँग्रेसका सांसद एवं समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले अहिलेसम्म श्रेणीमा जाने निष्कर्षमा पुगेको भए पनि फेरी श्रेणी र तह दुवै राख्न खोजेको किन देखियो भन्दै प्रश्न गरेका थिए ।उनले संविधानमा श्रेणीगत व्यवस्था रहेको भए दुबैमा जान उपयुक्त हुनुपर्नेमा समर्थन जनाए ।

नेकपा (एमाले)का सांसद एवं समितिका सदस्य रघुजी पन्तले भने श्रेणी र तहगत दुबैमा जाने गरी निष्कर्षमा पुगिएको आफ्‌नो बुझाई रहेको बताए । उनले निश्चित समयसम्म श्रेणी र तह दुबैमा जाने र अन्तिममा तहगत जाने भन्नेमा आफू स्पष्ट भएको बताए ।

नेकपा (एकीकृत समाजवादी)का सांसद एवं समिति सदस्य राजेन्द्र पाण्डेले भने संविधान नै संशोधन गर्ने दुई तिहाइको गठबन्धन सरकारले विधेयमा पनि तहगत राख्न सकिँदैन भन्दै प्रश्न गरेका थिए ।

उनले भने, ‘देशका सबैभन्दा ठुला दल एमाले र काँग्रेस मिलेर बनेको गठबन्धनको सरकारले संविधान संशोधन गर्छु भनेर बनेको छ । संविधान नै संशोधन गर्ने भए ऐनमा पनि तहगत मात्रै बनाउन सकिहालिन्छ नि ।’

नेकपा ९माओवादी केन्द्र०का सांसद हितराज पाण्डेले अघिल्लो दिन तहगत प्रणालीमा जाने र फेरी श्रेणी र तह दुबैमा जाने भन्नु भन्दा सरकारका प्रतिनिधिले संविधान पढेर आउन सुझाव दिए ।

‘हिजो श्रेणी त तहका विषयमा यति धेरै छलफल गरियो र तहमा जाने निर्णयमा पुगियो । तर आज आएर फेरी श्रेणी र तह दुबैमा जाने भनियो । पहिले त संविधान पढेर आउनुपर्‍यो नि । के गरेको यस्तो रु संविधान संशोधन गरे भैगो नि त ।’

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद एवं समिति सदस्य डा।चन्दा कार्कीले सहमति भइसकेको विषयमा फेरी पछि हट्ने कुरा राम्रो नभएको बताइन् । उनले भनिन्, ‘तहमा सहमति भइसकेपछि किन फेरी श्रेणीमा गइरहनुपर्‍यो र रु संविधानमा छ भन्दैमा के भयो र त्यो पनि त संशोधन गर्न मिलिहाल्छ नि रु’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय