शुभकामना युवा क्लबको ३० औं बार्षिकोत्सव शिवरात्रीमा उदघाटन

२०८१ फाल्गुन ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, ६ फागुन । “विकास,अनुशासन र गतिशीलता आजको युवा आवश्यकता” भन्ने मूल नाराका साथ भिरकोट नगरपालिका वडा नम्बर ३ को शुभकामना युवा क्लबले  वडा स्तरीय पुरुष भलिबल तथा एकल नृत्य प्रतियोगिताको सुरुवात गर्दैछ ।

कार्यक्रम फागुन १४ गते शिवरात्रीको अवसरमा क्लबको बार्षिकोत्सव स्वरुप सुरुवात गरिने र कार्यक्रमको उद्घाटन भिरकोट तीन का वडा अध्यक्ष केशर बहादुर खड्काले गर्ने क्लबका अध्यक्ष सुमन बि जि ले जानकारी दिनुभयो।

भलिबल प्रतियोगिताको लागि दर्ता शुल्क ६ हजार रहेको बताउँदै प्रथम पुरस्कार ६० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र रहेको जानकारी दिनुभयो। त्यसै गरी दोस्रो पुरस्कार ४० हजार, तेस्रो पुरस्कार २० हजार नगद र सान्त्वना पुरस्कार स्वरुप १० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र रहेको क्लबका अध्यक्ष बि जि ले जानकारी दिनुभयो। त्यसैगरी एकल नृत्य प्रतियोगितामा प्रथम पुरस्कार पैचालिस सय ,दोस्रो हुनेलाई तीन हजार र तेस्रो हुने लाई पन्ध्र सय नगद सहित प्रमाणपत्र रहेको बताउनुभयो।

भलिबल प्रतियोगिताको कार्यक्रम मा उत्कृष्ट ८ विधामा खेलाडी लाई मूल्यांकन गरिने बताउँदै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट क्विकर, उक्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्वर र उत्कृष्ट अनुशासित खेलाडी लाई पुरस्कृत गरिने क्लबका अध्यक्ष विजी ले जानकारी दिनुभयो। वि सं २०५२ सालमा स्थापित शुभकामना युवा क्लबको संस्थापक अध्यक्ष पूर्व वडा अध्यक्ष बाबुराम श्रेष्ठ रहनुभएको उक्त क्लबमा हाल मा सचिव जयराम खड्का रहनुभएको छ भने खेल संयोजक मा सागर राना र कार्यक्रम संयोजकमा जिम श्रेष्ठ रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय