भैरहवा ,८ फागुन । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी प्रकृति लम्सालको शवको अन्त्येष्टि गरिएको छ ।
बुधबार राती ९ बजे बेलहिया नाका हुँदै स्वदेश ल्याइएको शवलाई परिवारजन र आफन्तको श्रद्धाञ्जलीपछि अन्त्येष्टि गरिएको हो ।
प्रकृतिको शवमा हजुरबुबा देवनाथ लम्सालले दागबत्ती दिनु भएको थियो । भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरेर प्रकृतिको शव भैरहवा ल्याएको थियो ।
२० वर्षिय लम्साल विश्वविद्यालयको होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटना शंकास्पद देखिएपछि सोहि विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।