काठमाडौँ , ८ फागुन । राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेस र बागमती प्रदेशका लागि प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र वरिष्ठ सहायक स्तरका २ जना गरी जम्मा ९७ जना कर्मचारीहरूलाई चौध दिने पूर्व सेवाकालीन तालिम काठमाडौँमा सञ्चालन गरेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंक प्रति जनताको विश्वास रहेको र त्यस विश्वासलाई जोगाईराख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीहरूले सदैव जिम्मेवार भएर सेवा दिनुपर्ने बताउनुभयाे ।
विभिन्न प्रक्रिया पश्चात् बैंकले युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै उनले बैंकिङ क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनीकरण गरी कार्य गर्नुपर्ने बताउनुभयाे ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।