काठमाडौं, १२ फागुन । राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक फागुन १५ गते बस्ने भएको छ । १० औं राष्ट्रिय खेलकुदको विषयलाई मुख्य एजेण्डा बनाइ बैठक बस्न लागेको हो।
बोर्ड बैठकका लागि पत्राचार गरिसकिएको सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयाे। उहाँका अनुसार १० औं राष्ट्रिय खेलकुद र अन्य विषयहरूलाई समेत निर्णय गर्न बोर्ड बैठक बस्ने लागेको हो। उहाँले भन्नुभयाे, ‘१० औं राष्ट्रिय खेलकुदको मिति तय गर्न र अगाडिको बैठकको पनि विषयलाई टुङ्ग्याउन बैठक बस्न लागिएको हो ।’