काठमाडौं, १४ फागुन । महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ ।
सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको थियो । अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रीका दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । डोलेश्वर महादेव मन्दिरको दशर्न गर्ने व्यवस्थालाइ सहज बनाइएको सूर्यविनायक नगरपालिका वडा नंवर ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो ।
महाशिवरात्रि पर्वका लागि डोलेश्वरमा भारतबाट सयौंको संख्यामा साधुसन्त आएका छन् । डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रुपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ । यस्तै भक्तपुर दत्रातयमा पनि शिवरात्रीका अवसरमा भक्तजनको घुइचो लागेको छ ।