हुम्ला, १६ फागुन । शुक्रबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ। हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाम सिमकोटमा हिमपात भएको हो। हिमपातपछि नाम्खा गाउँपालिकाको लिमि, चाला, याल्वाङ, यारी, मुचु लगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ।
जिल्लाको दक्षिण भेग सर्केगाड, चंखेली, अदानचुली, ताजाकोट गाउँपालिकामा भने बिहानैदेखि वर्षा भएको छ।