तीनकुनेमा मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा एकको मृत्यु

२०८१ चैत्र २, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २ चैत। काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बिहान ४ः३० बजे  प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका  प्रहरी उपरीक्षक अपीलराज बोहराले  जानकारी दिनुभयाे ।

उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो ।  सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रिपर चालकलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय