बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ चैत्र ७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,७ चैत । काठमाडौं महानगरपालिका-११ बरबरमहल चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बुधबार राति दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको थिमि बस्दै आएका खोटाङ घर भएका २६ वर्षीय इसान राईको मत्यु भएको हो ।

गम्भीर घाइते उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय