१६ बर्षसम्म कायम पृथ्बी नारायण क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

२०८१ चैत्र १२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
पाेखरा , १२ चैत । पृथ्वीनारायण क्याम्पसको स्ववियू चुनावमा १६  बर्षसम्म कायम अनेरास्ववियुका विष्णु पोखरेलको अध्यक्षतामा अनेरास्ववियु को प्यानल नै विजय भएको छ । मंगलबार बिहान सम्पन्न भएको अन्तिम मत परिणाम अनुसार अनेरास्ववियु का विष्णु पोखरेल ले १ हजार १ सय ५ मत ल्याई निर्वाचित हुनुभएको छ भने नेविसंघका शुशिल न्यौपानेले ५ सय ३ मत प्राप्त गर्नुभएको छ।

त्यसै गरी अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका विप्लवी न्यौपानेले ४ सय ६९ मत प्राप्त गर्नुभएको छ भने अखिल क्रान्तिकारी का नवीन अधिकारीले २ सय २३ मत, संयुक्त प्यानलका सन्तोष पौडेलले १ सय ९६ मत, स्वतन्त्र उम्मेदवारका कमल सुवेदीले ९९ मत, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका दिप्सन गुरुङले ७६ मत र अखिल ९छैटौं० का मिलन सुनार ले २८ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ।

अनेरास्ववियु सचिव र कोषाध्यक्ष पदमा पनि फराकिलो मतान्तर कायम गर्दै निर्वाचित भएको छ । सचिवमा बिराट दुवाडीले १ हजार ४ सय १३ मत, प्राप्त गर्दा कोषाध्यक्षमा सन्दीका गुरुङले १ हजार ३ सय ४ मत प्राप्त गर्नुभएको छ। त्यसै गरी सचिवमा निकटतम् प्रतिस्पर्धी नेवि संघका विवेक भट्टराईले ६ सय २८ र कोषाध्यक्षमा नेवि संघकै अमिषा यादवले ६ सय ४७ मत प्राप्त गर्नुभएको छ।

प्रत्यक्षतर्फ ८ सदस्यमा अनेरास्ववियुका एलिशा भट्टराईले १ हजार १ सय ८७ मत, सुशील अधिकारीले १ हजार २ सय ३५ मत, विशाल लम्सालले १ हजार २ सय ८२ मत, प्रचण्ड शक्ति गुरुङले १ हजार २ सय ५८ मत, वृषभ चालिस ले १ हजार २ सय २६ मत, अनुज राज अधिकारीले १ हजार २ सय ३७ मत, जमुना शर्माले १ हजार २ सय ५४ मत र सुजन शर्मा सापकोटाले १ हजार १ सय ९६ मत मत प्राप्त गर्दै प्यानल नै विजय हासिल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय